०२ असार २०८३, मंगलबार

आईएसका नेता अल बगदादी मोसुल छोडेर भागेको दाबी

कात्तिक २०, २०७४
आईएसका नेता अल बगदादी मोसुल छोडेर भागेको दाबी
काठमाडौं, २७ फागुन — खतरनाक मुसलमानी आतंकवादी संगठन इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस)का नेता अबु बक्र अल–बग्दादीले मोसुलको लडाईं छोडेर मरुभूमिमा लुकेको अमेरिकी तथा इराकी अधिकारीहरूले बताएका छन् । आफ्ना कमान्डरहरू तथा अन्धभक्तहरूलाई लडाईं गर्न लगाएर उनी आफू बाँच्नका लागि मरुभूमिमा लुकेको उनीहरूले बताएका हुन् ।


आईएसआईएसका खलिफा कहाँ लुकेका छन् भनी सुनिश्चित गर्न सम्भव छैन । सन् २०१४ मा उत्तरी इराकमा कब्जा गर्दा मोसुलको मस्जिदबाट अल–बग्दादीले खलिफाको घोषणा गरेका थिए ।

आईएसआईएसको नेतृत्वबाट आधिकारिक सञ्चारको अभाव र मोसुलमा नियन्त्रण गुमाएबाट अल–बग्दादीले शहर छोडेको निष्कर्ष निकाल्न सकिने अमेरिकी तथा इराकी जासूसी स्रोतले बतायो ।

अल–बग्दादीलाई समात्न असाध्यै गाह्रो छ किनकि उनी मोनिटर गर्न नमिल्ने गरी सञ्चार गर्छन् र लगातार यताउता हिँड्छन् । कहिलेकाहीँ त २४ घन्टाभित्रै उनी अनेकौंचोटि ओहोरदोहोर गर्छन् ।

उनी मरुभूमिका गाउँहमा उनीप्रति सहानुभूति राख्ने नागरिकहरूको घरमा बस्ने अनि शहरी इलाकामा लडाकुहरूको ब्यारेकमा नबस्ने स्रोत बताउँछन् ।

द डेली स्टारबाट

salt training

कमेन्ट गर्नुहोस्