०८ असार २०८३, सोमबार

विग बोशका स्वामीलाई पक्राउ नगर्न अदालतको आदेश

कात्तिक २०, २०७४
विग बोशका स्वामीलाई पक्राउ नगर्न अदालतको आदेश
विग बोशका पूर्व प्रतिस्पर्धि स्वामी ओमलाई १४ मार्चसम्म पक्राउ नगर्न दिल्लीको एक अदालतले आदेश दिएको छ ।
विशेष न्यायाधीश हिमानी मल्होत्राले ओम स्वामीलाई अन्तरिक राहत दिएको छ । स्वामी ओममाथि एक महिलाको कपडा च्यातिदिएको र धम्काएको आरोप लागेको छ ।

अदालतले दिल्ली प्रहरीको दरियागञ्जका डीसीपी कार्यालयमा लगाइएको सीसीटीभीको भिडियो फुटेज उपलव्ध गराउनका लागि भनिएको छ ।

स्वामी ओमको दावी अनुसार कथित घटना वाला दिन यानिकी ७ फेब्रुअरीको वरिष्ठ प्रहरी अधिकारीले सुरक्षा माग्नका लागि डीसीपी अफिसमा गएका थिए ।

स्वामी ओमले अदालतसँग राहतको लागि गुहार मागेका थिए । उनले आफूलाई फसाउन खोजिएको दाबी गरेका थिए । आफूले भारतीय संस्कृतिको वकालत गरेको र असामाजिक तत्वले आफूलाई सामाजिक गतिविधिबाट रोक्न चाहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्