३१ जेठ २०८३, आइतबार

फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य, भोलिदेखि प्रतिसिलिण्डर १३ सय ७५

कात्तिक २०, २०७४
फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य, भोलिदेखि प्रतिसिलिण्डर १३ सय ७५

लोकान्तर संवाददाता
२७ फागुन, काठमाडौं –खाना पकाउने ग्यासको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शुक्रवार राती १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्वि गरेको हो ।

यससँगै खाना पकाउने ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ पुगेको छ । हालसम्म १३ सय ५० रुपैयाँ कायम रहेको मूल्यमा बढाइएको हो ।

यसअघि केही समयअघिमात्र निगमले ग्यासको प्रतिसिलिण्डर मूल्य २५ रुपैयाँले वृद्वि गरेको थियो ।

निगमका अनुसार हाल प्रतिसिलिण्डर ग्यासमा ३ सय १३ दशमलव ५१ रुपैयाँ घाटा छ । ‘अत्यधिक घाटा भएकाले सो पूर्ति गर्न मूल्यवृद्वि गरेका हौं,’ निगमका प्रवक्ता सिताराम पोखरेलले लोकान्तरसँग भने ।

ग्यासबाहेकका अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले बताएको छ ।

तस्बिर स्रोत : न्यूविजनेस एज डटकम

salt training

कमेन्ट गर्नुहोस्