०४ असार २०८३, बिहीबार

प्रदर्शन र भेलालाई रोक लगाउन सक्ने प्रावधानसहित नयाँ कानुन

माघ १८, २०७५
प्रदर्शन र भेलालाई रोक लगाउन सक्ने प्रावधानसहित नयाँ कानुन

काठमाडौँ – प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको छ । गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख जिल्ला अधिकारीले भेला गर्नुपूर्व नै रोक लगाउन सक्ने प्रावधान छ ।

कुनै भेलाले शान्तिसुरक्षामा असर पर्ने लागेमा रोक लगाउन सक्ने अधिकार तोकिए पनि कस्तो भेलाले शान्तिसुरक्षामा असर पुर्‍याउन सक्छ भन्ने खुलाइएको छैन ।

प्रजिअले जुनसुकै भेला हुनुपूर्व नै ‘शान्तिसुरक्षामा खलल’ पुर्‍याउने भन्दै रोक लगाउन सक्नेछन् । यसअघि कफ्र्यु लगाइएको समयमा र निषेधित क्षेत्र घोषणा गरिएका स्थानमा मात्र भेला गर्न नपाउने कानुनी व्यवस्था थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्