०४ असार २०८३, बिहीबार

भेनेजुएला प्रकरण वक्तव्यमा फसाइएकै हो त प्रचण्डलाई ?

माघ १८, २०७५
भेनेजुएला प्रकरण वक्तव्यमा फसाइएकै हो त प्रचण्डलाई ?

काठमाडौं – नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा वक्तव्य दिए। दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो।

भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो।

यसअघि क्रिमिया, कतार, माल्दिभ्स, आदिका राजनीतिक संकटबारे नेपाल र यहाँका नेताले मुखै खोलेका थिएनन्। तर एकाएक भेनेजुएलाबारे दाहाल बोलेपछि राजनीतिक र कूटनीतिक वृत्तमा तरंग गएको छ। दुई तिहाइ सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले दिएको वक्तव्य सरकारकै पनि ‘करिब’ धारणा मान्ने कूटनीतिक प्रचलन छ। स्वभाविक रूपमा यसको असर सरकार र देशभित्र पर्छ नै। अनेकौं प्रतिक्रिया आए। सरकार पनि यसबारे बोल्न बाध्य भएको छ।

दाहालले १० माघमा वक्तव्य दिए। भोलिपल्टै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओलीले कुनै पनि विषयमा टिप्पणी गर्न हतारिनु नहुने बताए। अमेरिकाले परराष्ट्र मन्त्रालय मार्फत यसमा सरकारको धारणा पनि माग्यो।

दाहाल आफैं अहिले वक्तव्यको भाषामा आफूलाई फसाइएको निकट नेताहरूसँग खुलासा गर्न थालेका छन्। ‘वक्तव्यको भाषाका विषयमा कहीं न कहीं साथीहरूले मलाई फसाउनुभयो,’ दाहालको भनाइ उद्धृत गर्दै उच्च स्रोतले  भन्यो, ‘वक्तव्य दिनु ठिकै थियो। तर भाषामा अलिकमजोरी रह्यो। कूटनीतिक भाषा प्रयोग गर्न सकिएन।’
स्रोतका अनुसार, दाहालले वक्तव्य दिने विषयसँग वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य बलराम बास्कोटा पनि जोडिएका थिए। नेता श्रेष्ठसँग यसबारे सामान्य परामर्श गरेपनि वक्तव्यमा उल्लेखित भाषाको अन्तिम मस्यौदा चाहिँ नेपाल र दाहाल बसेर गरेका थिए।  अन्न्पूर्ण पोस्टमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्