०४ असार २०८३, बिहीबार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पा – गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नम्बरको बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिए ।

अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासि बसले ठक्कर दिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्