
काठमाडौं – यूएईविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।
नेपालका लागि तेस्रो र चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन । उनले साइमन अनवर र मोहम्मद उस्मानलाई आउट गरे ।
आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो ४ बलमा ९ रन खर्चिएपछि लगातार २ विकेट लिएका हुन् ।
यसअघि सोमपाल कामीले पहिलो र दोस्रो सफलता दिलाएका थिए ।
यो समाचार तयार पार्दासम्म यूएईले ६ ओभरमा ४ विकेट गुमाएर ३५ रन जोडेको छ ।
तीन खेलको श्रृंखलामा पहिलो खेल जितेको यूएई आजको खेल जित्दै श्रृंलखा कब्जा गर्ने रणनीतिमा छ भने नेपाललाई आज जित्नै पर्ने दबाब छ ।
यसअघि भएको एक दिवसीय क्रिकेट श्रृंखला भने नेपालले २-१ ले जितेको थियो ।