०५ साउन २०८३, मंगलबार

नेपाल विद्यार्थी संघद्वारा पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

माघ १८, २०७५
नेपाल विद्यार्थी संघद्वारा पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

पोखरा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघले गण्डकी प्रदेको राजधानी पोखरामा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघले पोखरा महानगरपालिका कार्यालय न्यूरोड नजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।

सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको भन्दै  नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ ।

कार्यक्रममा नेविसंघका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्