
सुर्खेत- दैलेखको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय राकम कर्णालीका सई श्याम अर्यालका अनुसार नगरपालिकाको वडा नं. तीनको साइ गाउँमा ना ६ ख ५४ ८४ नम्बरको ट्रकले ठक्कर दिदा शुक्रबार मंगलसैन वडा नं. १२, ठाँटीकाँध बान्नातोलीका २८ वर्षका रुप शाहीको मृत्यु भएको हो ।
उनका अनुसार गाडी चालक आफैले शाही घाइते भएपछि उपचार गर्न राकम कर्णालीको खोली बजारमा रहेको एक स्थानीय मेडिकलमा उपचारका क्रममा मृतयु भएको हो ।
अहिले उनका आफन्तहरु शव बुझ्न आइरहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख एवम प्रहरी निरीक्षक प्रेम क्षेत्रीले जानकारी दिए । उनका अनुसार ड्राइभर आफैले शाहीको उपचार गर्न खोजेर राकम लिएका थिए ।