१८ असार २०८३, बिहीबार

नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह

नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै त्यसलाई अविलम्ब सच्याउन माग गरेर ज्ञापनपत्र बुझाएको छ । 

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले त्रिवि उपकुलपति प्रा डा तीर्थ खनियाँलाई आज ज्ञापनपत्र बुझाउँदै नतिजाअनुसार भर्ना प्रक्रिया रोकी नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको हो । 

भर्नाका लागि स्नातक तह प्रथमका लागि तोकिएको कोटा प्रणाली अवैज्ञानिक र अव्यावहारिक भएकाले त्रुटि सच्चाउन माग गरिएको अध्यक्ष तामाङले बताउनुभयो । प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा योग्यता क्रमसूचि (मेरिट) र कोटाको छुट्टाछुट्टै नतिजा सार्वजनिक नगरिएकाले योग्यता क्रमसूची र कोटाको कति क्रम सङ्ख्याबाट भर्ना गर्ने भन्ने स्पष्ट नभएको उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्