काठमाडौं। सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत रयान्डी बेरी अनुपस्थित भएका छन् । भेनेजुयलाको राजनीतिक संकटका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कूटनीतिक छलफलमा काठमाडौंस्थित अमेरिकी दूतावासबाट राजदूतको सट्टा उपनियोग प्रमुख उपस्थित भएका थिए । करिब तीन घण्टासम्म भएको छलफलमा अमेरिकी दूतावासबाट आएका प्रतिनिधि डेढ घण्टा मात्र बसेर निस्केका थिए ।
कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडालगायत सहभागी भएका थिए । राजधानी दैनिकमा खबर छापिएको छ ।