२३ जेठ २०८३, शनिबार

नेकपाको कार्यदल निष्क्रिय, सदस्यहरू नै असन्तुष्ट

माघ २०, २०७५
नेकपाको कार्यदल निष्क्रिय, सदस्यहरू नै असन्तुष्ट

 काठमाडौं–एकताको बाँकी कामको खाका तयार गर्ने म्यान्डेट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदल निष्क्रिय भएपछि सदस्यहरू नै असन्तुष्ट बनेका छन् ।

 पुस मसान्तसम्म एकताको खाका तयार पार्ने कार्यादेशविपरीत केही नेता अन्यत्र सक्रिय भएपछि सदस्यहरूले संयोजक रामबहादुर थापा ‘बादल’लाई बैठक बोलाउन दबाब दिने निष्कर्ष निकालेका छन् । 

एक–दुई दिनभित्र बैठक नबोलाइए संयोजक बादललाई भेटेर बैठक बोलाउन दबाब दिने सहमति भएको कार्यदलका एक सदस्यले बताए । 
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले बैठक बोलाउन रुचि नराखेकाले सदस्यहरू अन्योलमा छन् । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्