०६ असार २०८३, शनिबार

केयूकेएलको चरम लापरबाही, उपत्यकाका खानेपानीमा आउन थाल्यो ढल

माघ २०, २०७५
केयूकेएलको चरम लापरबाही, उपत्यकाका खानेपानीमा आउन थाल्यो ढल

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।
उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ ।
केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ ।  यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ ।
काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्