०८ असार २०८३, सोमबार

त्रिविमा नेपाली पढ्ने घटे, यस्तो छ कारण

त्रिविमा नेपाली पढ्ने घटे, यस्तो छ कारण

काठमाडौं– घण्टाघरस्थित त्रिचन्द्र बहुमुखी क्याम्पसमा कुनै बेला नेपाली विषयमा स्नातकोत्तर पढ्नेको निकै भीड हुन्थ्यो। यसपालि भर्ना खुलेको तुल टाँग्दासमेत पर्याप्त विद्यार्थी आएका छैनन्। 

‘वार्षिक परीक्षा प्रणाली रहेसम्म विद्यार्थी चाप थेगि नसक्नु थियो,’ क्याम्पस प्रमुख प्रदीप न्यौपाने भन्छन्, ‘मानविकीमा कक्षामा कम बस्ने, आफैं अध्ययन गर्ने जागिरेहरू पढ्थे । सेमेस्टर प्रणाली लागू भएयता कक्षामा हाजिरी अनिवार्य छ । त्यसैले विद्यार्थी कम छन्।’

त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै पढिने विषय थियो– नेपाली । आईए, बीए र एमए तीनै तहमा खचाखच विद्यार्थी हुन्थे। त्यसैले विश्वविद्यालयमा सबभन्दा धेरैनेपाली विषयकै प्राध्यापक छन्। देशभरिका अधिकांश मानविकी क्याम्पसमा ‘मेजर नेपाली’ राखिएका छन्।

त्यसमा नेपालीमा स्नातकोत्तर तह पढाउने क्याम्पस झन्डै दुई दर्जन छन् । त्रिविले नयाँ शैक्षिक सत्र २०७५ का निम्ति शनिबार स्नातकोत्तर नेपाली विषयको प्रवेश परीक्षा लिएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक शिवलाल भुसालले दिएको जानकारीअनुसार देशभरिमा नेपाली विषयमा प्रवेश परीक्षा फाराम भर्नेको संख्या जम्मा १ सय ९५ छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्