२१ जेठ २०८३, बिहीबार

‘जाद्रै बस्यो दिल’मा स्वस्तिमाको पीडा

‘जाद्रै बस्यो दिल’मा स्वस्तिमाको पीडा

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

चलचित्रमा समावेश ‘जाद्रै बस्यो दिल’ बोलको गीत शनिबारएक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री स्वस्तिमा देखिएकी छिन् । उनको पीडा भिडियोमा देख्न सकिन्छ ।

साथमा लक्ष्मी वर्देवा, दिपक क्षेत्री र बाल कलाकारको केही झलक पनि भिडियोमा देखाईएको छ । 

उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको गीतलाई रजिना रिमालले गाएकी छन् । मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन छ । फागुन ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । 

चलचित्रको निर्मातामा अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेय रहेका छन् भने कार्यकारी निर्मातामा रामराजा दाहाल छन् । चलचित्रमा स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग, जोयश पाण्डे, दीपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की, उज्जल अधिकारी आदिको अभिनय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्