×

NIC ASIA

सीएमसीलाई काममा फर्किन दिएको समयसीमा सकियो, अन्योलमा मेलम्ची आयोजना

माघ २०, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किने निश्चितजस्तै भएको छ । 

Muktinath Bank

दुई साताको समय सीमा दिएर गत ६ माघमा सरकारले सीएमसीका नाममा पत्र पठाएको थियो । तर दुई बितिसक्दा पनि सीएमसीले हालसम्म कुनै जवाफ नदिएको मन्त्राल स्रोतले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विषयमा बुझ्न मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कंडेललाई पटक–पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै सञ्चार माध्यमलाई सूचना उपलब्ध गराउनकै लागि आयोजनाका प्रवक्ता तोकिएका राजेन्द्रप्रसाद पन्तलाई पनि पटक–पटक फोन गर्दा उनीसँग पनि सम्पर्क हुन सकेन ।

Vianet communication

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदी भने सीएमसी कम्पनीका बारेमा आफूलाई केही पनि थाहा नभएको बताउँछन् ।

आफू विगत दुई–तीनदेखि काठमाडौं बाहिर रहेको र सीएमसीका बारेमा आफू कुनै पनि अपडेट नरहेकाले आफूलाई कुनै पनि जानकारी नरहेको बताए । 

‘बाहिर जिल्लामा छु,’ सुवेदीले लोकान्तरसँग भने, ‘यस बारेमा मलाई केही थाहा छैन । यसबारे म अपडेट छैन ।’

यसअघि मेलम्चीको पानी काठमाडौं आइपुग्न केही काम मात्रै बाँकी रहेको भनिएका बेला काम छाडेर सीएमसीका प्रतिनिधि नेपालबाट भाग्न खोजेका थिए ।

मेलम्ची खानेपानी योजना र खानेपानी मन्त्रालयको सहयोगमा नेपाल प्रहरीले सीएमसीका प्रतिनिधिलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लाएको थियो । त्यसपछि नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा नयाँ वर्ष मनाउनका लागि इटाली जाने र नयाँ वर्ष मनाएर  मेलम्चीको कामलाई निरन्तरता दिने गरी चाँडै फर्कने भन्दै इटाली गएको थियो । तर नेपाल सरकारले पटक–पटक पत्र पठाउँदा पनि सीएमसिले कुनै जवाफ दिएको छैन ।

गत ६ माघमा पठाएको पत्र अनुसार सीएमसी फर्केर नआएमा ऊसँगको ठेक्का रद्द गरेको पत्र पठाउने र सीएमसीसँगको ठेक्का रद्द गर्ने जानकारी मन्त्रालयले यसअघि नै गराएको थियो ।

नयाँ ठेक्का प्रक्रियाका लागि बढी समय लाग्ने र निर्माणका लागि नेपाली सेनलााई दिँदा दातृ निकायले नमान्ने भएका कारण मेलम्ची आयोजना अन्योलमा परेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x