०८ साउन २०८३, शुक्रबार

कांग्रेस सांसदहरू उठ्दा सभामुखको प्रश्न– माननीय सदस्यहरू आज पनि आन्दोलन छ ?

कांग्रेस सांसदहरू उठ्दा सभामुखको प्रश्न– माननीय सदस्यहरू आज पनि आन्दोलन छ ?

काठमाडौं – प्रतिनिधि सभाका पछिल्ला बैठकहरू शुरू हुनासाथ कांग्रेस सांसदहरू उठ्नु दैनिकी जस्तो भइसकेको छ । आइतवार पनि सभामुखले प्रतिनिधि सभाको बैठकको कारवाही शुरू हुनासाथ कांग्रेस सांसदहरू उठे । 

यसअघि आफ्नो पार्टीका नेताका नाममा रहेका अस्पताल संघ मातहत ल्याउनुपर्ने र डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको थियो । 

‘माननीय सदस्यहरू आज पनि आन्दोलन छ ?’ महराले प्रश्न गरे । त्यसपछि उनले कांग्रेसका गगन थापालाई बोल्नको लागि समय दिए ।

थापाले डा. केसीको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा सरकारलाई व्यंग्यात्मक बधाई दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्