२२ जेठ २०८३, शुक्रबार

अमेरिकाको  क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध

माघ २०, २०७५
अमेरिकाको  क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध

लस एन्जेल्स–अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । 

आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय सरकारले बाढीबाट प्रभावित हुनसक्ने कतिपय होचा स्थानहरूलाई खाली गरेको बताइएको छ । 

आँधीले राजमार्गहरूमा पहिरो तथा रूख ढालेपछि कतिपय राजमार्गहरू आंशिकरूपमा अवरूद्ध बनेका छन् । 

क्यालीफोर्निया यातायात विभागका अनुसार प्रशान्त महासागरीय तट क्षेत्रको राजमार्ग लस पोसास रोडबाट विहानैदेखि अवरूद्ध भएको छ । उक्त क्षेत्रमा आँधीपछि आएको बाढीले सडकमा थुपारेको हिलो माटोलाई हटाउन नसक्दा आवागमन प्रभावित बनेको हो । आँधीका कारण मालिबुको ब्रोड बिच, बिगसुर बाट दक्षिणी क्षेत्र, सेन्ट बार्बारामा रहेको मिलपास सडक क्षेत्र, भेन्तुराबाट दक्षिणी क्षेत्रमा आवागमन प्रभावित बनेको छ । 

स्थानीय अधिकारीले आई–५ राजमार्ग पूर्णतया अवरूद्ध भएको भन्दै सेल्डन सडक नजिकका वैकल्पिक सडकको प्रयोग गरेर गन्तव्यमा जान वा अर्को सूचना जारी नहुँदासम्म सुरक्षित स्थानमा पर्खन आग्रह गरेका छन् । 
आँधीका कारण रेलका लिकमा हिलोको थुप्राहरू जमेका सूचनाका आधारमा भेन्चुराबाट आउने रेल सेवामा पनि केही ढिलाइ भएको बताइएको छ । 

राष्ट्रिय मौसम सेवाले दक्षिणपूर्वी भेन्तुराको उलसे फाएर, हिल फाएर सान्त मोनिका क्षेत्रका आगामी केही समयसम्म बाढी तथा पहिरोको खतरा हुने बताउँदै नागरिकलाई सुरक्षितस्थलतर्फ जान भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्