१४ असार २०८३, आइतबार

अमेरिकाका बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्छन्

माघ २०, २०७५
अमेरिकाका बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्छन्

वासिङ्टन– अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ । 

अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ । 

यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका रहेको जनाएको छ । 

केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार अधिकांश बालबालिकालाई उनीहरुका आमाबुबाले छ महिनाको उमेरदेखि दाँत माझिदिने गरेकोमा चिकित्सकले भने दुई वर्षपछि मात्र दाँत माझ्न सुरु गर्न सिफारिस गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्