काठमाडौं, १ पुस– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतविरुद्ध संघर्ष गर्न कार्यगत एकताको घोषणा गरेका छन् ।
तीन पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले भारतबाट राष्ट्रियता, जनस्रोत र पा्रकृतिक स्रोतसाधनमाथि हस्तक्षेप भएको ठहरसहित कार्यगत एकता गरी संयुक्त संघर्ष चलाउने निर्णय गरेको हो ।
बैठकले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम आगामी बैशाख ९ गते संयुक्त रुपले मनाउने निर्णय पनि गरेको तीन दलका तीन नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
