२२ असार २०८३, सोमबार

ट्राफिक नियम उल्लङ्घन गर्नेमा जिपका चालक बढी

ट्राफिक नियम उल्लङ्घन गर्नेमा जिपका चालक बढी
सन्दर्भ तस्वीर

अमरगढी-  चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिनुुभयो ।

चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट रु आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको छ । साउनमा २४६, भदौमा २१४, असोज ३३२, कात्तिकमा ३५४, मङ्सिरमा २७८ र पुसमा २७६ सावरीसाधनका चालकलाई कारवाही गरिएको हो ।

कारवाही पर्नेमा सबैभन्दा बढी जिपका चालक रहेका छन् । गत आवभन्दा ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आएको ट्राफिक कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्