२१ जेठ २०८३, बिहीबार

चलचित्र ‘सरौतो’ निर्माणको घोषणा

चलचित्र ‘सरौतो’ निर्माणको घोषणा

काठमाडौं- चलचित्र ‘सरौतो’ निर्माण हुने भएको छ ।

आईतबार राजधानीमा एक कार्यक्रमबीच चलचित्र निर्माणको औपचारिक घोषणा गरियो । एक्सन जनरामा बन्न लागेको चलचित्रलाई छायाँकनमा चिनिएका हरि हुँमागाईले निर्देशन गर्नेछन् ।

छायाँकनपछि हरीले चलचित्र निर्देशनमा हात हालेका हुन् । स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर फिल्मस् स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा सह—निर्माताको रुपमा श्री महर्जन रहेका छन् । 
घोषणा कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले शुभकामना दिएका थिए । 

एक्सन र रिभेन्जको कथामा बन्ने चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, राजकुमार उप्रेतीको एक्सन रहनेछ । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोशिस क्षेत्रीको संगीत रहनेछ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङ्ग र केतन क्षेत्रीको स्वर रहनेछ । 

 चलचित्रको छायांकन माघ २२ गतेबाट शरु हुनेछ । काठमाडौँ, बारा लगायतका स्थानमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्