२१ जेठ २०८३, बिहीबार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौं – सोनाम ल्होसार पर्वको अवसरमा मंगलवार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

३ नम्बर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको छ ।

सूचनामा लेखिएको छ, ‘प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/१०/०९ को निर्णयानुसार मिति २०७५ माघ २२ गते मंगलवार सोनाम ल्होसार पर्वको दिन प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्