
काठमाडौं –संविधानप्रति सचेतना फैलाउने उद्देश्यले सरकारले 'गोजी संविधान' प्रकाशन गरेको छ ।
संस्थागत सुधारमार्फत् न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गोजीमा सहजै अट्ने गरी संविधान पुस्तिका छापेको हो ।
प्रत्येक घरमा संविधान पुर्याउने उद्देश्यले संविधान पुस्तिका प्रकाशन गरेको कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले जानकारी दिए ।
‘एक घर, एक संविधान पुर्याउने हाम्रो लक्ष्य हो,’ सहसचिव गौतमले लोकान्तरसँग भने । उनका अनुसार नमूनका रुपमा २० हजार प्रति संविधान छापिएको छ ।
‘अहिलेका लागि निःशुल्क बाँड्ने गरी छापिएको छ, सबै यसैगरी बाँड्न सकिन्छ कि सकिन्न भन्ने विषयमा छलफल चलिरहेको छ,’ मन्त्रालयका प्रवक्ता समेत रहेका अर्का सह–सचिव धनराज ज्ञवालीले भने, ‘थोरै शुल्क लिने वा छपाइका लागि केही रिसोर्स खोज्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी छ ।’