
काठमाडौं–युएई विरुद्धको एकदिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर सोमबार स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौमा भब्य स्वागत गरिएको छ ।
नेपालकालागि ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।
सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजार सहयोग स्वरुप हस्तान्तरण गरे ।
यस्तै राखेप सदस्य सचिव केशवकुमार विष्टले सिरिज विजेता खेलाडीलाई जनही पाँच लाख दिन सरकारसमक्ष सिफारिश गरेको जानकारी दिए ।
नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।