०२ असार २०८३, मंगलबार

चारवटा कम्पनीले पाए वैदेशिक  रोजगार बिमा पुलको जिम्मेवारी

माघ २२, २०७५
चारवटा कम्पनीले पाए वैदेशिक  रोजगार बिमा पुलको जिम्मेवारी

काठमाडौं –बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा पुल सञ्चालनको जिम्मा चारवटा जीवन बिमा कम्पनीलाई दिएको छ । 

समितिले नेसनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायबल इन्स्योरेन्स कम्पनीलाई पुल सञ्चालनको जिम्मेवारी दिएको हो । 

जिम्मेवारी पाएका चार कम्पनीमध्ये एउटा बिमकको प्रतिनिधिलाई फोकल व्यक्तिको रूपमा छनोट गरिने बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बिमकहरूबाट छनोट गरिने फोकल व्यक्तिले नै पुलको व्यवस्थापन गर्नेछ । पुलको सञ्चालन गर्न एक वर्षपछि अन्य बिमकको छनोट गरिनेछ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्