२१ जेठ २०८३, बिहीबार

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : नेकपा अध्यक्ष प्रचण्ड

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : नेकपा अध्यक्ष प्रचण्ड

ललितपुर– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् । मंगलबार खुमलटारस्थित निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डले ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बधाई दिएका हुन् । 

अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जितले खुशी भएको बताए । देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका खेलेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने बताए । आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए ।

युएइविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को जित निकालेको नेपाली टोली सोमबार नेपाल फर्किएको हो । 

तस्वीर-प्रचण्डको सचिवालयबाट

salt training

कमेन्ट गर्नुहोस्