
काठमाडाैं, २८ फागुन- नेपाल र केन्याबीचको क्रिकेट खेला जारी रहेको छ ।
नेपालले सुरुवात त्यति राम्रो गर्न सकिएको छैन । सात ओभरको समाप्तिमा नेपाल १ विकेटको क्षतिमा २२ रन जोडेको छ ।
खेल जारी रहेका बेला मैदानमा कुकुर छिरेपछि खेल केही बेर अवरुद्ध भएको छ । मैदानमा छिरेका कुकर धपाउन खोज्दा कुकुर मैदानमा यता उता कुद्दा खेल केही बेर प्रभावित भएको थियो ।
कुरकर बाहिरिएसँग खेल पुनः सुचारु भएको छ ।