३० जेठ २०८३, शनिबार

हङकङ बजारले सहरको शोभा घटायो

माघ २४, २०७५
हङकङ बजारले सहरको शोभा घटायो

काठमाडौँ–नेपाली विद्यार्थीको टोली अध्ययन भ्रमण सम्पन्न गरेर विमानबाट चीनको छेन्दुहुँदै काठमाडौँ आएको थियो । हवाइजहाजको झ्यालबाट विमानस्थल आसपास जसो नै झुपडी बस्ती देख्यो । 

पन्ध्रदिने चीन भ्रमणमा गएको सिद्धार्थ वनस्थलीका विद्यार्थीसहितको टोलीले हवाइजहाजको झ्यालबाट चीनमा यस्तो फोहोर कहीँ कतै देखेनन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुअघि अनौठोे बस्ती देख्यो । 
काठमाडौँको आकाश घुमेर हवाइजहाज विमानस्थलमा उत्रँदै गर्दा एक विद्यार्थीले प्रश्न गरे,‘यो हाम्रो देशको फोहोर ठाउँ कुन रहेछ ?’ भ्रमण टोली नेत्री शिक्षिका सन्तु महर्जन भन्छिन्, ‘‘वास्तवमै यो ठाउँ थियो सिंहदरबार नजिकैको भृकुटीमण्डपस्थित हङकङ बजार ।’

हवाइजहाजको सिसाबाट देखिएको यो दृश्यले विद्यार्थीको मन अमिलो मात्र बनाएन ओठ खुम्च्याउनुपर्ने अवस्था पनि ल्यायो । झुत्रा ओढो, बिग्रिएका मोटरका टायर र बाँसले छत थिचिएको फोहोरै फोहोरको यो दृश्य राम्रो नदेखिएको विद्यार्थी बताउँछन् । वास्तवमै सिंहदरबार भद्रकालीको वीचमा देखिने यो अशोभनीय थियो जुत्ता र कपडाको सस्तो भनिने हङकङ बजार । 
बजार सञ्चालन भएको जमिन समाज कल्याण परिषद्को स्वामित्वमा छ । परिषद्का उपनिर्देशक सञ्जयकुमार मल्लिक भन्छन्, ‘काठमाडौँ महानगरपालिकाले एकसमय टुँडिखेल खाली गर्दा यो बजारलाई प्रदर्शनी मार्गको यो स्थानमा राखिदियो, सहरको शोभा त यसले बिगारेकै छ ।’ 
परिषद्का अनुसार यो बजारमा एकहजार ३४५ वटा व्यापारिक स्टल छन्, प्रतिस्टल दैनिक १३ रुपियाँ वर्गफिटको हिसावले परिषद्ले बहाल उठाइरहेको छ । यो बजार स्थापना भएको झण्डै २० वर्ष नाघेको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्