०६ असार २०८३, शनिबार

कामीरिता २३ औं पटक सगरमाथा चढ्दै, आफ्नै रेकर्ड तोड्दै

कामीरिता २३ औं पटक सगरमाथा चढ्दै, आफ्नै रेकर्ड तोड्दै

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन्। शेर्पाले फागुनपछि सुरु हुने वसन्तकालीन सिजनमा आफू सगरमाथाको २३ औं आरोहण गर्न तयार रहेको बताए ।

‘यसपालि २३ औं पल्ट सगरमाथा चढदै छु,’ उनले भने, ‘सबै तयारी करिब–करिब सकिइसकेको छ । मार्च अप्रिलमा सगरमाथातिर लाग्छु होला ।’ गत वर्ष जेठमा २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका शेर्पाले आफू काठमाडौंस्थित सेभेन समिट टे«क्स कम्पनीसँग अनुबन्धित भएको बताए ।

‘सेभेन समिटले मलाई वार्षिक ३० हजार डलरमा अनुबन्ध गरेको छ,’ उनले भने, ‘यो रकममध्ये २० हजार डलर सगरमाथाका लागि हो भने १० हजार डलर मनास्लु हिमाल आरोहणका लागि हो। सेभन समिटसँग कामीरिताको दुई वर्षको अनुबन्ध छ । यो सम्झौता अबको हिउँद याममा सकिनेछ ।

२४ वर्षको उमेरमा २०५१ देखि हिमाल उक्लिन थालेका उनले पाकिस्तान र भारतको सीमामा रहेको केटु हिमाल पनि आरोहण गरिसकेका छन्। उनले ल्होत्से एक पटक, मनास्लु २ पटक र छोयु ८ पटक आरोहण गरिसकेका छन्। उनी दुई सन्तान, पत्नीसहित काठमाडौंको चाबहिलस्थित भृकुटीचोकमा डेरामा बस्दै आएका छन्।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्