
काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशका मध्य र पश्चिमी भेगहरुमा बिहीबार बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांस भेगमा पानी पर्ने भएको छ । मंगबारदेखि पानी पर्न शुरु गरेको पश्चिमी तराई तथा पहाडी क्षेत्रमा बिहीबार भारी वर्षा हुनेछ भने हिमाली भेगमा भारी हिमपात हुने सम्भवना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमसहित मध्य र पुर्वि भेगमा समेत बिहीबार दिनभर मौसम बदली भइ पानी परिरहने सम्भावना छ । यस्तै भरे राति र भोलि पनि देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र एक दुइ स्थान भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको एक दुइ भारि हिमपात नै हुने सक्नेछ ।
पश्चिमी भेगमा शनिबारबाट मौसममा सुधार आउन थालेपनि मध्य र पुर्वि भेगमा भने आइतबारदेखि मात्रै मौसममा सुधार आउने अनुमान गरिएको छ ।