०२ साउन २०८३, शनिबार

हिसान खेलकूद सप्ताह आजदेखि, २५ बढी टोली सहभागी हुने

हिसान खेलकूद सप्ताह आजदेखि, २५ बढी टोली सहभागी हुने

काठमाडौ– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को संयोजन तथा हिसान काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा चौथो उपत्यकाव्यापी खेलकूद सप्ताह बिहीबारदेखि शुरु हुने भएको छ । खेलकुद सप्ताहका संयोजक रामहरि सिलवाललले बुधबार  आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा गराइने जानकारी दिए ।

काठमाडौँका विभिन्न स्थानमा हुने प्रतियोगितामा उपत्यकाका विभिन्न २५ भन्दा बढी टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताअन्तर्गत माकलबारीमा हुने फुटसलको ब्वाइजमा २५ र गल्र्समा सात टोली सहभागी हुनेछन् । वसुन्धारास्थित ऋत एकेडेमीमा हुने बास्केटबलको ब्वाइजमा २५ र गल्र्समा आठ तथा नेशनल मावि, बालकुमारीमा हुने भलिबलको ब्वाइजमा १८ र गल्र्समा १० टोलीकोे सहभागिता रहने उनले जानकारी दिए । 

त्यसैगरी नयाँ बानेश्वरको प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ४० प्रतिस्पर्धीले भाग लिने बताइएको छ । टेबलटेनिसमा ब्वाइज÷गल्र्स सिङ्गल्स र डबल्स स्पर्धा समावेश छन् । प्रिमियरमै हुने टग अफ वारमा २२ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका छन् । खेलकूद सप्ताह सञ्चालनका लागि करीब रु १५ लाख खर्च हुने हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले जानकारी दिए । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नाराका साथ हुन लागेको खेलकूद सप्ताहकै दौरान कविता, वक्तृत्वकला र हाजिरी जवाफ पनि हुने आयोजकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्