०६ असार २०८३, शनिबार

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौँ-  काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काभ्रे भकुण्डेबेंसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको छाला फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्