
काठमाडौं — इन्डोनेसियाको बालीस्थित न्गुराह राइ अन्तर्राष्ट्रिय विमानस्थलमा एक इम्मिग्रेसन अधिकारीलाई थप्पड हानेकोमा एक बेलायती महिलालाई कारावास सजाय दिइएको छ ।
बयालीस वर्षीया औज–ए तकद्दसले इम्मिग्रेसन अधिकारीमाथि चिच्याएर अपशब्द बोलेकी थिइन् । उनको प्रवेशाज्ञा मिति गुज्रिसकेको अधिकारीले थाहा पाएपछि उनी भड्केकी थिइन् ।
उनले अधिकारीको गालामा चड्काएर उसबाट पासपोर्ट छिन्न खोजेपछि हिंसाको दोषी ठहर गरिएको थियो ।
उनले अब ६ महिना कारागारमा बिताउनुपर्नेछ र आफूलाई दिइएको सजाय सही नभएको दाबी गरिन् ।
तकद्दस बालीमा भिसा अवधिभन्दा १६० दिन बढी बसेकी थिइन् ।
उनले ३५ सय डलर जरिवाना तिर्नुपर्ने बताइएपछि हिंस्रक प्रतिक्रिया दिएको स्मार्टफोनमा खिचिएको थियो ।
अभियोजकहरूले आफूलाई यातना दिएको र देशमा बस्नका लागि दबाब दिएको उनले आरोप लगाएकी छन् ।
तकद्दसविरुद्ध हिंसा नगरिएको अभियोजकहरूले बताएका छन् ।
उनले अदालतमा उपस्थित हुने म्याद लगातार गुजार्दै गएपछि अभियोजकहरूले आफूसँग उनलाई अदालत जबर्जस्ती ल्याउन अधिकार रहेको बताए ।
तकद्दसले पुनरावेदन दिएको देन्पसार अदालतका न्यायाधीशले बताए ।
बीबीसीबाट