१२ असार २०८३, शुक्रबार

अब खल्तीमा मोबाइल राख्दा आफैँ चार्ज हुन्छ !

कात्तिक २०, २०७४
अब खल्तीमा मोबाइल राख्दा आफैँ चार्ज हुन्छ !
मोबाइल पछिल्ला दिनमा मानिसको अत्यावस्यक वस्तु बनेको छ ।
मोबाइलमा व्याट्रि नभएको खण्डमा चलाउन सकिँदेन । त्यसका लागि पनि मोबाइलको चर्चा जोगाउन आवस्यक छ । आवश्यकता परेको बेलामा मोबाइलमा चार्ज नभएर हैरान हुनु भएको छ भने अव चिन्ता नगर्नुहोस् ।

कहिले चार्जर बिर्सिने, कहिले बत्ती नहुने त कहिले चार्जर नै बिग्रिएर समस्या हुने । अब ढुक्क हुनुहोस्, यस्तो समस्या समाधानका लागि काम भइरहेको छ । मोवाइल खल्तीमा राख्ने बित्तिकै चार्ज हुने लुगा बन्दै छन् । अमेरिकाको न्यू योर्कमा फेसन टेक्नोलोजिष्टको काम गरिरहेका अमान्दा पाक्र्स मानिसलाई खास लाग्ने र प्रविधिको भरपुर उपयोग गर्न सकिने कपडा बनाउन एउटा समूहसँग जुटिरहेकी छिन् ।

तर यसको लागि दुई विपरीत ध्रुब फेसन डिजाइनिङ र विज्ञान प्रविधिलाई एकै स्थानमा ल्याउनुपर्ने हुन्छ । अमान्दा पाक्र्स अन्य केही प्राविधिकसँगै यस काममा जुटिरहेको बिबिसीमा खबर छ ।

मोवाइल फोन चार्ज हुने कपडा बनाउनु त्यति चुनौतिको कुरा होइन । तर मानिसलाई लगाउन सहज हुने मिलेको कपडामा प्रविधि जोड्नु चुनौतिको विषय हो । उनीहरु अहिले त्यस्तो कपडा निर्माणको सुरुवाती चरणमा छन् । यो प्रविधिको विकास सफल परीक्षण हुनेमा उनीहरु ढुक्क छन् ।

salt training

कमेन्ट गर्नुहोस्