०३ असार २०८३, बुधबार

नरेन्द्र मोदी डरछेरुवा मानिस हुन् : राहुल गान्धी

नरेन्द्र मोदी डरछेरुवा मानिस हुन् : राहुल गान्धी

काठमाडौं — भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गर्दैै आफूसँग पाँच मिनेट बहस गर्न चुनौती दिएका छन् । 

‘मोदीजी, तपाईंले आफूसँग ५६ इन्चको छाती छ भन्नुभयो । म तपाईंलाई आमनेसामने बसेर बहस गर्न चुनौती दिन्छु,’ गान्धीले भने । 

‘म भाजपालाई चुनौती दिन्छु, नरेन्द्र मोदीजीलाई मसँग मञ्चमा १० मिनेट बहस गर्न दिनुस् । उनी डराएका छन्, उनी डरछेरुवा मानिस हुन् ।’

देशभरि रहेका पार्टीका अल्पसंख्यक सेलका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यो कुरा भनेका हुन् । 

कांग्रेस अध्यक्षले यसअघि पनि थुप्रैपटक मोदीलाई बहसमा भाग लिन चुनौती दिएका छन् । गत नोभेम्बरमा राहुलले मोदीलाई रफायेल लडाकू विमान सम्झौताका बारेम ाबहस गर्न चुनौती दिएका थिए । 

हिजो गान्धीले कांग्रेस लोकसभामा घृणालाई प्रोत्साहन नदिइकनै भाजपालाई हराउन समर्थ रहेको बताएका थिए । 

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्