२७ जेठ २०८३, बुधबार

देखियो अनौठो समस्या, विद्यालयमै एक्कासि बिरामी पर्न थाले विद्यार्थी

देखियो अनौठो समस्या, विद्यालयमै एक्कासि बिरामी पर्न थाले विद्यार्थी
प्रतिकात्मक तस्वीर

धादिङ – उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ । 

विद्यार्थी विद्यालयमा आएपछि शुरूमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए ।

यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर यसले महामारीकै जस्तो रुप देखिएको छ ।

यो लक्षण विद्यालयका शिक्षक र केही अभिभावकमा समेत देखापरेको शिक्षक शाहले बताए ।

विद्यार्थी, शिक्षक र अभिभावकसमेत बिरामी परेपछि विद्यालयमा स्वास्थ्यकर्मी पठाइएको र उपचार शुरू गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्