०२ असार २०८३, मंगलबार

प्रदेश १ मन्त्रीपरिषद्को निर्णय: समृद्ध प्रदेश–हरित अभियान संचालन, राष्ट्रपतिले शुभारम्भ गर्ने

प्रदेश १ मन्त्रीपरिषद्को निर्णय: समृद्ध प्रदेश–हरित अभियान संचालन, राष्ट्रपतिले शुभारम्भ गर्ने

विराटनगर- प्रदेश १ सरकारले समृद्ध प्रदेश हरित अभियान संचालन गर्ने भएको छ । कार्यक्रम संचालन गर्नेबारेमा आज बसेको मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

प्रदेश १ मन्त्री परिषद्को आज बसेको बैठकले  भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रस्ताव ल्याएर समृद्ध प्रदेश हरित अभियानको अगाडि बढाउन कार्यक्रम स्वीकृत प्रदान गरेको प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

 यो अभियानलाई संयूक्त रुपमा अगाडि बढाईने समेत प्रदेश सरकारको तयारी छ ।  प्रदेश सरकारले २५ गते चतरा धाममा शुरू हुने तारकब्रम्हा महायज्ञसँगै जोडेर राष्ट्रपतिबाट यो अभियानको शुभारम्भ गर्ने तयारी गरेको मन्त्री कार्कीले बताए ।

अभियानको घोषणा भएसँगै भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट संयुक्त रुपमा यो कार्यक्रमलाई अगाडि बढाईने मन्त्री कार्कीको भनाई छ । कार्यक्रमलाई अगाडि बढाउनको लागि प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै मन्त्री परिषदको बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट प्राप्त भएको प्रदेश पर्यटन विकास गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयकलाई संसदमा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्