२९ असार २०८३, सोमबार

नेपाल–भारत वाणिज्य सन्धी सम्बन्धि सहसचिवस्तरीय बैठक पोखरामा शुरू

माघ २४, २०७५
नेपाल–भारत वाणिज्य सन्धी सम्बन्धि सहसचिवस्तरीय बैठक पोखरामा शुरू

पोखरा- नेपाल र भारतबीचको वाणिज्य सन्धीको पुनरावलोकनका लागि सहसचिवस्तरीय बैठक पोखरामा शुरू भएको छ ।

१० वर्ष पुरानो वाणिज्य सन्धीको पुनरावलोकनको मुख्य उद्देश्य वर्षेनी चुलिँदो व्यापार घाटालाई कम गर्नेगरी निर्यात बढाउने र आयात घटाउने रहेको नेपालका तर्फबाट छलफलको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए ।

उनले भन्सार शूल्क जसमा नेपालले कृषिजन्य बस्तुको भन्सार छुट माग्ने, जुन वस्तु नेपालबाट भारत निर्यात हुन्छ त्यसमा छुट माग्ने, रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठान गर्ने लगाएतका विषयमा छलफल भएको बताए ।

सन् २००९ भएको सन्धी पुनरावलोकनको लागि यसअघि नेपाल र भारतबीच दिल्लीमा गत अगस्तमा वार्ता भएको थियो । सन्धी पुनरावलोकनका लागि भारतीय पक्ष सकारात्मक देखिएको सहसचिव सैंजूले जानाकारी दिए ।

सहसचिवस्तरीय बैठकमा नेपालको तर्फबाट ९ र भारतका तर्फबाट ७ जना गरी १६ जना छलफलमा सहभागी रहेका छन् । भारतको तर्फबाट वाणिज्य सहसचिव भुपेन्द्र सिंह भल्लाले नेतृत्व गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्