२५ असार २०८३, बिहीबार

विश्वका सबभन्दा धनी मानिसले लगाए एक पत्रिकामाथि ब्ल्याकमेल गरेको आरोप

विश्वका सबभन्दा धनी मानिसले लगाए एक पत्रिकामाथि ब्ल्याकमेल गरेको आरोप

काठमाडौं — संसारका सबभन्दा धनी मानिस अमेजन कम्पनीका मालिक जेफ बेजोसले नेसनल इन्क्वायरर पत्रिकाका मालिकले आफूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । आफ्नो नग्न तस्वीर प्रकाशित गरिदिने भन्दै ब्ल्याकमेल गरिएको उनको भनाइ छ ।

पत्रिका निकाल्ने कम्पनी अमेरिकन मिडिया इन्क (एएमआई) ले बेजोसको निजी सन्देश कसरी पायो भन्ने विषयमा गरिरहेका अनुसन्धान बन्द नगरेमा आपत्तिजनक अवस्थाका तस्वीर प्रकाशित गरिदिने धम्की दिएको बेजोसको आरोप छ । 

बेजोस र उनकी पत्नी म्याकेन्जीले अघिल्लो महिना डिभोर्स गर्ने बताएका थिए । 

बेजोसको विवाहेतर सम्बन्धका विषयमा नेसनल इन्क्वायररले रिपोर्ट प्रकाशित गर्नुअघि यो घोषणा आएको हो । 

एएमआईले यस विषयमा प्रतिक्रिया दिएको छैन । 

एएमआईको राष्ट्रपति डोनल्ड ट्रम्पसँग सम्बन्ध रहेको बेजोसले बताएका छन् । ट्रम्प र बेजोसबीच शीतयुद्ध चलिरहेको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्