
काठमाडौं — साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बन्दूकमा गोली भरेर जमाल खशोग्गीलाई लखेट्न चाहेको एक वरिष्ठ सहायकलाई बताएको एक अमेरिकी मिडियाको रिपोर्टमा छापिएको छ । टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा खशोग्गीको हत्या हुनुभन्दा एक वर्षअघि उनले यसो भनेको बताइएको छ ।
बिन सलमान त्यतिखेरै खशोग्गीलाई मार्न तयार रहेको अमेरिकी जासूसी संस्थाको विश्वास छ । द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, उनले साँच्चिकै गोली हान्नै चाहिँ नचाहेको हुन सक्छ ।
युवराज र सहायक तुर्की अलदाखिलबीचको उक्त संवाद हत्याको १३ वर्षअघि सन् २०१७ को सेप्टेम्बर महिनामा भएको थियो ।
खशोग्गीलाई साउदी अरब फर्काउनका लागि फकाउन नसकिएमा बल प्रयोग गरेर ल्याउनुपर्ने युवराजको भनाइ छ । यी कुनै पनि उपाय सफल नभएमा आफू खशोग्गीलाई गोली लिएर खेद्न तयार रहेको उनको भनाइ थियो भनी पत्रिकाले छापेको छ ।
संयुक्त राष्ट्रसंघका एक मानवअधिकार विज्ञले यो घटनाको अनुसन्धान गरिरहेका छन् र उनको भनाइमा खशोग्गी हत्यामाथि टर्कीले गरेको छानबिनलाई साउदी सत्ताले गम्भीर रूपमा रोकेको बताएपछि यो रिपोर्ट सार्वजनिक भएको छ ।
गैरन्यायिक हत्यामाथि राष्ट्रसंघीय विशेष प्रतिवेदक एग्निस कालामार्डले साउदी पत्रकार खशोग्गीलाई साउदी अरबका अधिकारीहरूले योजना बनाएर वीभत्स हत्या गरेका हुन् ।
खशोग्गीलाई इस्तानबुलस्थित साउदी दूतावासमा फकाएर बोलाइएको थियो । उनलाई पुनः विवाहका लागि आवश्यक दस्तावेज दिइने भनी फकाइएको थियो । भित्र उनलाई सास रोकेर मारिएपछि शरीर टुक्राटुक्रा पारिएको टर्कीको अनुसन्धानले देखाएको छ ।
द गार्डियनबाट