२३ जेठ २०८३, शनिबार

भेनेजुएला प्रकरणका वक्तव्यबाजीबारे प्रतिपक्षी कांग्रेसले माग्यो सदनमा प्रधानमन्त्रीको जवाफ

भेनेजुएला प्रकरणका वक्तव्यबाजीबारे प्रतिपक्षी कांग्रेसले माग्यो सदनमा प्रधानमन्त्रीको जवाफ
फाइल फोटो

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा सरकार र नेकपाको वक्तव्यबाजीबारे प्रधानमन्त्रीको जवाफ मागेको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौलाले भेनेजुएला संकटबारे नेकपा र सरकारले जारी गरेको विज्ञप्तिबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग गरेकी हुन् ।

‘अमेरिकालाई चिढ्याउँदै कहिले पनि सम्बन्ध नभएको राष्ट्रको पक्षमा वक्तव्यबाजी गरेर सरकार किन लाग्दैछ ? अमेरिकाले नेपाललाई धेरै ठूलो धनराशी सहयोग गर्दै थियो । यो रोक्ने षड्यन्त्र हो ?’ संगौलाले भनिन्, ‘अध्यक्षले वक्तव्य जारी गर्ने अनि प्रधानमन्त्रीले अध्यक्षको टंग स्लिप भयो भनेर माफी माग्ने ! वक्तव्यमाथि वक्तव्यले मुलुक संकटतर्फ गएको छ । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

संग्रौलाले कम्युनिस्ट सरकारका कारण देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको आरोप लगाइन् । 

सरकारले अधिनायकवादी शैलीमा प्रतिपक्षलाई पेलेर जाने नीति लिएको भन्दै उनले कांग्रेस फरक ढंगले सोच्न बाध्य हुने चेतावनी समेत दिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्