०१ असार २०८३, सोमबार

अधिकारी ह्याम्स अस्पतालमा पुनः भर्ना

माघ २५, २०७५
अधिकारी ह्याम्स अस्पतालमा पुनः भर्ना

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ । 
उहाँको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो । 

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेको छ । 
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्