०५ असार २०८३, शुक्रबार

एक करोडसम्मका योजनामा डोजर चलाउन रोक

माघ २६, २०७५
एक करोडसम्मका योजनामा डोजर चलाउन रोक
काठमाडौं– एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । 
 
मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग गर्न रोकेको हो । 
 
यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेको छ । निर्देशिका फागुन १ देखि लागू हुँदैछ । 
 
जनप्रतिनिधिले डोजरलगायत उपकरण खरीद गरी सार्वजनिक निर्माणमा प्रयोग गर्दै आइरहेका छन् । जथाभावी डोजर प्रयोग गर्दा विकासको नाममा विनाश भइरहेको र बेरोजगारले काम नपाएको भन्दै वातावरणविद्ले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्