०४ असार २०८३, बिहीबार

मुस्ताङमा भारी हिमपात, जोमसोममा दुई फिटसम्म हिउँ [फाेटाेफिचर]

मुस्ताङमा भारी हिमपात, जोमसोममा दुई फिटसम्म हिउँ [फाेटाेफिचर]

मुस्ताङ– हिमालपारीको जिल्ला मुस्ताङमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । सदरमुकाम जोमसोमलगायतका स्थानमा अहिले पनि हिउँ परिरहेको छ । 

यो वर्षकै ठूलो हिमपात भएको जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारी भरतकुमार मैनालीले जानकारी दिए । हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । 

जोमसोमको तापक्रम माइनस ८ डिग्री सेल्सियसबाट पनि तल झरेको बताइको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव निरीक्षक मदनबहादुर यादवका अनुसार भारी हिमपातका कारण यातायात सेवा ठप्प छ । स्थल मार्ग र हवाइ उडान अवरुद्ध भएको उनले जानकारी दिए । 

तस्वीर : भरतकुमार मैनालीबाट
 

salt training

कमेन्ट गर्नुहोस्