२२ जेठ २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

माघ २६, २०७५
पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

बेइजिङ–चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । 

“चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

तेल उपयोगको गति सन् २०१७ मा ५.९ प्रतिशत रहेको थियो । सन् २०१८ मा कार प्रयोगमा ७।८ प्रतिशतको वृद्धि रहेको थियो । सन् २०१७ मा चीनमा कार प्रयोग गर्ने व्यक्तिको सङ्ख्यामा १०.२ प्रतिशत रहेकोमा यसमा वृद्धि आई १८ प्रतिशत पुगेको हो । 

गत बर्ष डिजेल प्रयोगमा गत बर्षभन्दा चार प्रतिशतले वृद्धि आएको देखिएको छ । यो पनि डिजेल प्रयोगमा देखिएको सामान्य वृद्धि हो । 

प्रशोधित तेलको जम्मा उत्पादन ३६ करोड ८० लाख टन पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा ६.३ प्रतिशत वृद्धि हो । 

चीनको कच्चा तेल उत्पादनमा अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा १.१ प्रतिशतको कमी आई जम्मा १८ करोड ९० लाख टन पुगेको छ भने कच्चा तेल प्रशोधनमा ४.६ प्रतिशतले वृद्धि भई जम्मा ५८ करोड ८० लाख टन पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्