३० जेठ २०८३, शनिबार

बोलेरो दुर्घटनामा एकको मृत्यु

माघ २६, २०७५
बोलेरो दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २० मिटर तल खोलामा खस्दा बोलेरो चालक मेलम्ची नगरपालिका–७ का भीम रसायलीको घटनास्थलमा नै मृत्यु भएको मानेखर्क प्रहरी चौकीका प्रमुख रमेश महतले जानकारी दिए । 

बोलेरोमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्