
काठमाडौं -कप्तान गेलेन म्याक्सवेल र नेपाली स्पिनर सन्दीप लामिछानेको शानदार प्रदर्शनको बलमा मेलवर्न स्टार्स बिग बाश लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
१६९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी सिक्सर्सलाई ७४ रनमै अलआउट गर्ने क्रममा सन्दीपले ३ ओभर ४ बल बलिङ गर्दै ३ विकेट हात पारे ।
यसअघि ८२ रनको पारी खेलेका कप्तान म्याक्सवेल म्यान अफ दि म्याच भए ।
आजको खेल हारेको भए यस सिजन मेलवर्नको यात्रा यहीँ टुंगिने थियो ।
सेमीफाइनलमा मेलवर्नको भेट शीर्ष स्थानमा रहँदै लिग चरणको खेल टुंग्याएको हबर्ट हुरिकेन्ससँग हुनेछ ।