२१ असार २०८३, आइतबार

१५ हजार घूससहित पक्राउ परे विद्युत् प्राधिकरणका कर्मचारी

१५ हजार घूससहित पक्राउ परे विद्युत् प्राधिकरणका कर्मचारी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नायव सुब्बा महेन्द्र प्रधान १५ हजार घुस सहित पक्राउ गरेका छन् ।

पुरानो बानेश्वरस्थित प्राधिकरणको वितरण केन्द्रको नयाँ ग्राहक शाखामा कार्यरत सुपरभाइजर प्रधानले मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घूस लिएका थिए ।

सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानलाई सेवाग्राहीसँग रू.१५ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्