×

NMB BANK
NIC ASIA

पोखरा – गण्डकी मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग लिएको अस्वभाविक शुल्क फिर्ताको माग राखेर डेढ हप्तादेखि आन्दोलन गर्दा समेत प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीले रिले अनशन थालेका छन् ।

Muktinath Bank

आन्दोलन थालेको लामो समय बितिसक्दा पनि प्रशासनले कुनै चासो नदेखाएको भन्दै आइतवारदेखि विद्यार्थीले रिले अनशन शुरू गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले तोकेको शुल्कमै आफूहरूले पढ्न पाउनुपर्ने, कलेजले आफूखुशी लिएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने र आफूहरूले बुझाएको शुल्कको बिल पाउनुपर्ने विद्यार्थीको माग छ । 


Advertisment
Nabil box
Kumari

अस्पतालका विद्यार्थी १० दिनदेखि आन्दोलनमा छन् । यसअवधिमा ४ पटकसम्म अस्पताल प्रशासन र आन्दोलनरत विद्यार्थी पक्षबीच वार्ता भइसकेको छ । तर ४–४ पटकसम्म भएको वार्तामा पनि कलेज प्रशासनले विद्यार्थीबाट असुल्दै आएको १० देखि १५ लाख रुपैयाँसम्मको रकम कुनै पनि हालतमा नछाड्ने अड्डी कसेपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

Vianet communication
Laxmi Bank

कलेज प्रशासनसँगको वार्ताले निकास ननिस्कने भन्दै विद्यार्थीले कक्षाकोठा ओपीडीमा गत हप्तादेखि तालाबन्दी गरेका छन् । 

प्रशासनले वार्तामा बोलाउने तर सहमति विनै झुलाइरहेको आरोप लगाउँदै विद्यार्थीले माग पूरा नभएसम्म रिले अनशन जारी रहने बताएका छन् । ‘हामीले राखेका माग पूरा गर्छाै भन्नुहुन्छ । बढी लिएको शुल्क र बिल माग्दा फिर्ता हुँदैन, अब कार्यान्वयन गर्छौं भन्नुहुन्छ,’ विद्यार्थी प्रवीण गौतमले भने ।

कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ । सन् २०१५ देखिका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए ।

यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो । सहमतिबेगर उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना मिश्रले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x